किन रोके प्रधानमन्त्री ओलीले कुलमानको पुन : नियुक्ति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्याकारी निर्देशकको पद तीन दिनदेखि खालि छ । कार्यकारी निर्देशक कुलमान घिसिङको कार्याकाल २८ भदौंमा सकिएसँगै पद खालि भएको हो ।

४ वर्षे कार्यकालमा कुलमानले विद्युतको क्षेत्रमा गरेका चमत्कारका कारण धेरैले कुलमानलाई नै पुन : नियुक्ति गर्नुपर्ने माग राखेका छन् । उनले १८ घण्टाको लोडसेटिङलाई अन्य गर्ने देखि लिएर भित्र पनि थुपै काम गरेकाले उनलाई नै  फेरि कार्याकारी निर्देशकमा नियुक्ति गर्नुपर्ने चर्को दबाब छ ।

तर, सरकारले भने यो विषयमा खासै चासो दिएको छैन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । धेरैले सोमबार कुलमानको नियुक्ति पुन : हुन्छ कि भन्ने आशा गरेका थिए । तर, त्यो आशा पनि निरासामा परिणत भएको छ ।

उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । प्रधानमन्त्रीले यो विषयमा कानुनअनुसार बुझौला भन्ने जवाफ दिएका छन् ।

उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए । तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डामै चढाएनन् । धेरैले प्रधानमन्त्रीकै कारण यो प्रस्ताव रोकिएको आकलन पनि गरेका छन् ।

स्रोतका अनुसार कुलमानलाई प्राधिकरणको प्रवन्ध निर्देशक पुन नियुक्ति गर्ने नगर्ने विषयमा नेकपाका दुई अध्यक्षबीच नै मत बाझिँदै आएको बुझिएको छ ।

कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

सोमबार कुलमानका समर्थकले उनलाई नै पुन : नियुक्ति गर्नुपर्ने माग राख्दै माइतघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार