बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति दासविरुद्ध भ्रष्टाचारको मुद्दा


धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिइ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

अख्तियारले उनले सार्वजनिक पदमा रहँदा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ । २०५० साल असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दास २०६८ साल पुस १७ गते उपकुलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक भएर काम गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार