आन्तरिक उडान र लामो दुरीका यातायात असोज १ गतेदेखि खोल्ने सरकारको निर्णय


काठमाडौं । कोरोना महामारीका कारण चैत्र ११ गतेबाट रोखिएको आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात असोज १ गतेदेखि खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आसोज १ गतेदेखि खोल्ने निर्णय गरेको हो ।

सार्वजनिक यातायातका व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एंव परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार