काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य फेरि घटेको छ । नेपाल आयल निगमका अनुसार बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा, डिजेल र मट्टितेलमा दुईरदुई रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १०८ र डिजल रमट्टिलेल प्रतिलिटर ९५ रुपैँयाका किन्न पाइनेछ ।
निगमले पुस ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
यसअघि पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेलरमट्टिलेल प्रतिलिटर ९७ रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस बीचमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाईएको निगमको भनाई छ ।