डिजेल र मट्टितेलको मूल्य घट्यो


काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले एक सूचना जारी गर्दै मूल्य घटेको बताएको हो ।

भारतबाट मूल्यसूची केही घटेर आएकाले नेपालमा पनि मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ। अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार