नेपाली काँग्रेसका सभापति देउवा होम क्वारेन्टिनमा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन्। उनको सचिवालयमा काम गर्ने दुई जना कर्मचारीलाई कोरोना देखिएपछि उनी बधबारदेखि बुढानिलकण्ठमा होम क्वारेन्टिनमा बसेका हुन्।

बुधबार देउवाको सचिवालयमा कार्यरत दुई जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । देउवा  क्वारेन्टिनमा बस्नु पर्ने भएकाले  संवैधानिक निकायका नियुक्तिबारे गर्ने भनिएको छलफल पनि केही दिन रोकिएको छ ।

यसअघि देउवाकाे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संवैधानिक निकायहरूमा नियुक्तिका बारे  छलफल गर्न भेटघाट गर्ने योजना रहेकाे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार