डेरावालको समस्यासहित गृह मन्त्रालय पुग्यो नेपाल डेरावाल समाज


काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा घर भाडामा बस्नेहरुलाई सबै भन्दा धेरै समस्या भएको छ । दैनिक काम गरेर खाने र घर भाडामा बस्नेहरुलाई काम नहुँदा समस्या भएको हो ।

कोरोनाका कारण सबै ठाउँ बन्द भएपछि काम नभएको थाहा हुँदा हुँदैपनि घरबेटीहरुले भाडा तिर्न कर लगाउने, घरबाटै निकालिदिने जस्ता समस्याहरु उनीहरुले भोगिरहेका छन् । घर भाडामा बस्नेहरुको यस्तो समस्यालाई लिएर पहिलो पटक नेपाल डेरावाल समाज गृह मन्त्रालय पुगेको छ ।

समाजले घरबेटीहरुले डेरावालहरुलाई विभिन्न बहानामा दुःख दिने गरेको भन्दै गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको छ । घर भाडामा बस्नेको समस्या समाधानको माग सहित बिहीबार दुबै मन्त्रालयलाई अनलाइनबाट ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराएको हो ।

समयमा भाडा तिर्न नसक्दा कतै डेरावालको हत्या गर्नेसम्म जघन्य अपराध गरिएको छ भने कतै डेरावाललाइ भाडा नतिरेको भनेर कुटपिट भएको छ । घरभाडा तिर्न नसकेको वा बाहिरी ठाउँबाट आएको भनेर  कतिपय डेरावाललाइ घरबेटीले आफ्नो कोठामा प्रवेश नदिएका गुनासाहरु आफुकहाँ आउने गरेको समाजले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार