कुलमानको पुन : नियुक्ति कानुनले रोक्छ : प्रवक्ता ज्ञवाली


काठमाडौं । नेपाल विद्युत प्राधिकरको कार्यकारी निर्देशकबाट भदौं ३१ गते विदाई भएका कुलमान घिसिङलाई पुन : नियुक्ति गर्न कानुनी रुपमै नमिल्ने नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल बताएका छन् । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’ उनले भने।

कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उनले बताएका छन् ।
उनले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु अहिलेको अवस्थामा आवश्यक नभएको बताए । प्राधिकरणको कार्यकारी निर्देशक कार्यक्षमताका आधारमा नियुक्त गरिने उनले बताएका छन् ।

साथै ज्ञवालीले नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहे पनि उनको एक्लो प्रयासले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानको कारण सम्भव भएको ज्ञवालीले बताए।

सरकारले कुलमानलाई पुन : नियुक्त गर्ने विषयमा फरक फरक मत राखि रहँदा नजस्तरबाट भने कुलमानलाई नै पुन : एकपटक नियुक्त गर्नु पर्ने दबाब आइरहेको छ । सडक देखि सामाजिक संञ्जालमा कुलमानलाई नै पुनः नियुक्त गर्नुपर्ने चर्को दबाब बढीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार