विबादमा मुछिएका रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

काठमाडौं । आफुलाई लिटिल बुद्ध भन्ने चर्चामा आएका रामबहादुर बम्जन पछिल्लो समय निकै विवादमा मुछिएका छन । उनको आश्रममा बस्दै आएका ब्यक्तीहरु बेपत्ता भएको, यौन दुब्र्यवहारमा परेको खबरहरु सार्बजनिक भएपछि प्रहरीले उनको आश्रमा छापा हानेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।
बम्जनले संचालन गरेको आश्रम निकै विबादित भएपछि प्रहरीमा उजुरी पर्नका साथै घटना अदालतसम्म पुगेका छन । आश्रमको विबाद प्रहरी हुँदै जिल्ला अदालतसम्म पुगेपछि हिजो (बिहीबार) प्रहरीले बम्जनको आश्रममा खानतलासी गर्न प्रहरीलाई भनेको थियो ।
जसअनुसार प्रहरीले आज बिहानै आश्रममा गई छापा हानेको हो । खानतलासीमा आश्रमभित्रको अवस्थाबारे प्रहरीले बताएको छैन ।

बम्जनको आश्रमबाट हालै ३ जना आनीसहित चार जना सम्पर्कविहीन भएको खबर आएके थियो । बेपत्ता भएका परिवारजनले बम्जा बिरुद्ध प्रहरीमा उजुरी दिएपछि आश्रमको गतिविधी बारे थप आशंकाहरु उब्जिएका छन ।

रामबहादुर बम्जनको आश्रमबाट सर्लाहीकी रीता बोट, नुवाकोटकी चिनिमाया तामाङ, मकवानपुरका फूलमाया रुम्बा र सन्चलाल रुम्बा हराएको उनका  परिवारजनले बताईरहेका छन । परिवारजनले प्रहरीमा उजुरी पनि  दिइसकेका छन् । उनीहरूले एकसाताअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर खोजी गरिदिन आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार