आज छैटौं संविधान दिवस मनाइँदै


काठमाडौं । नेपालको संविधान जारी भएको आज छैटौं वर्ष पुगेको छ । छैटौं संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

कोरोना महामारीकाबीच पनि दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।

सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने कायृक्रम रहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण सीमित व्यक्तिहरुको मात्रै सहभागीतामा रहने छ । यो वर्ष सरकारले सबैलाई घर घरमै राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार