काठमाडौं । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।
शुक्रबार दिउँसो कंसाकारको कार्यकक्षमै गएर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीको युवा संगठन ‘क्रान्तिकारी युवा लिग’ ले उनलाई कालोमोेसो दलेको हो।
भ्रष्टाचारीलाई सामाजीक बहिष्कार गर्दै पार्टीले कारवाही गर्ने कार्यनिती अनुसार कंसाकारलाई कालोमोसो दलिएको उक्त संगठनले जनाएको छ ।
वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको तथ्य बाहिर आएपछि अहिले त्यसको चौतर्फी बिरोध भइरहेको छ । जसको छानविन लागि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि समेत गरेको थियो ।
वाइडवडी खरिद प्रकरण अहिले सरकार र सत्तापक्ष नेकपामा खैलाबैला मच्चिएको छ । विमान खरिदमा ठुलो रकमको चलखेल भएको खबर बाहिर आइसकेकाले पर्यटनमन्त्री रविन्द्र अधिकारीको राजिनामा समेत मागिएको छ । तर, यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै मन्त्री अधिकारीले बचाउ गर्दै आएका छन ।