बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई तत्काल संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । हालै राष्ट्रिष्यसभा सदस्यमा नियुक्त भएका गौतमलाई सर्वोच्चले अर्को निर्णय नभएसम्मका लागि राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाएरकाले अहिले नै कुनै जिम्मेवारी नदिन भनि आदेश जारी गरेको छ ।

असोज ५ गते वरिष्ठ अधिवक्ता निदेश त्रिपाठी र बद्रीराज भट्टले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको मागसहित सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । उनीहरुले गौतमलाई मनोनित गर्ने प्रक्रिया नै गलत भएको दाबी गरेका छन् ।

गत असोज १ गते राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ८६ (२) (ख)  बमोजिम गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेकी थिइन् । राष्ट्रपतिले गौतमलाई २०७७ भदौ २९ गतेको मन्त्रिपरिषदको सिफारिस बमोजिम मनोनित गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार