काठमाडौं । कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ । काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत २० वर्षीया सैनिक जवनाको शुक्रबार राति मृत्यु भएको हो ।
बझाङ घर भएका उनी काठमाडौं उपत्यकामा कार्यरत् थिए । बिहीबार कोरोना पुष्टि भएको उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनी ६ गते छारे रोगको लक्षण देखिएर बेहोस् भएका थिए। बेहोस भएका सैनिक जवानलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो।
नेपाली सेनामा हालसम्म २ हजार १९७ जनामा कोरोना संक्रमण देखिएको छ। ५३९ जना निको भएर काममा फर्केका छन्।