तिवारी दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर


रौतहट । रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भिर भाइते भएका छन् ।
जिल्लाको देवाही गोनाही नगरपालीका ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कायौलय रौतहटका अनुसार गएराती चार जनाको समूहले धारिलो हतियारले प्रहारले आक्रमण गरेका थिए । जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई स्थानिय सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जनाले घरमै गएर धारिलो हतियारले आक्रमण गरेको रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

आक्रमणकारीले पक्राउ परेर अनुसंन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार