कोरोनाबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट पहिलो पटक नेपालमा चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरी सापकोटा रहेका छन् ।

भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारका क्रममा बिहीबार नेपालगञ्जको भेरी अस्पतालमा मृत्यु भएको हो ।

५८ वर्षका सापकोटालाई कोरोना संक्रमणपछि सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार