प्रहरीमा ५ हजार बढी जवानका लागि जागिर खुल्यो


काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयले ठुलो संख्यामा जवानका लागि भर्ना खोलेको छ । शुक्रबार जारी गरिएको विज्ञापनअनुसार ५ हजार बढी प्रहरीका लागि भर्ना खुलेको हो ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जनाका लागि नयाँ प्रहरी भर्ना लिन लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कात्तिक १६ गतेदेखि मंसिर २३ गतेभित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा जारी गरेको सूचनामा उल्लेख छ।

भर्नाका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको शुल्क १५० तोकिएको छ । भर्ना लिइने संख्यामध्ये खुलातर्फ २ हजार ८ सय १७ जनाको कोटा रहेको छ भने अरू समावेशीतर्फ छ ।

समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि ७ सय ३७ वटा कोटा छ। महिलातर्फ ४ सय ४१ जना मागेको छ। कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँने छन्।

१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार