बलात्कार र दलितमाथिको दमन रोक्न प्रहरी सक्रियता बढाउनुहोस: मुख्यमन्त्री राउत

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् ।
६५औं नेपाल प्रहरी दिवसको अवसरमा शुक्रबार प्रदेश प्रहरी कार्यालयले आयोजनामा गरेको कार्यक्रममा शुभकामना दिँदै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

प्रदेश २ मा बलात्कारका घटना बढिरहेका छन्, दलित समुदायमाथि दमन भइरहेको छ । अन्य आपराधिक घटनाहरु पनि मौलाएका छन्, त्यसैले प्रहरी अझै सकृय भएर लाग्नु पर्यो, मुख्यमन्त्री राउतले भने ।

अपराध गर्नेको मनोबल बढेकोले अपराध गर्नेको मानसिकता बदल्ने ढंगले काम गर्न उनले प्रहरीलाई आग्रह समेत गरे ।

मुख्यमन्त्री राउतले ‘प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी नागरिकमैत्री हुनुपर्ने बताए ।
प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँग जोडिएकाले अपराधसँगै तस्करीको समस्या रहेकाले प्रहरीको भूमिका सकारात्मक हुनुपर्ने उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार