
काठमाडौं । फेसबुकमा “बलात्कारी संगठन” नामक फेसबुक ग्रुप चलाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षीय नविन बस्नेत रहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालकाअनुसार बस्नेतलाई नवलपरासीबाट पक्राउ गरि काठमाडौं ल्याइदैछ ।
उनले उक्त फेसबुक ग्रुपमा अश्लील र आपत्तिजनक कुराहरु लेखिरहेका थिए ।
समाजमा बलात्कार र महिला हिंसाका घटनाहरु बढिरहेका बेला फेसबुकमा नै “बलात्कारी संगठन” भनेर गुर्प बनाई गलत कुराहरु लेखिरहेको पाएपछि यसको विरोध भइरहेको थियो ।
पक्राउ परेका बस्नेतबारे प्रहरीले अध्यन अनुसंन्धान गर्दा उनले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिहरुको हत्या गर्ने खालका स्टाटस लेख्ने गरेको पाइएको छ ।
पछिल्लो समय गलत सन्देश दिने र गलत कुराहरु समाजमा फैलाउँदै उनले फेसबुकमा “बलात्कारी संगठन” नामक गुर्प कुन उदेश्यले खोलेका हुन भन्नेबारे प्रहरीले अनुसंन्धान गरिरहेको जनाएको छ ।








