दशैको टीकाको साइत कात्तिक १० गते १०: १९ बजे

काठमाडौं । यसबर्षको बडादशैको कात्तिक १० गते परेको छ । दसैं नौ रात र दस दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरि बडादशै मनाइन्छ ।

दशैको टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १० : १९ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । यस वर्ष भने कोरोना महामारीका कारण सरकारले जो जहाँ छ त्यहीँ बसेर दसैं मनाउन र फोनबाट मान्यजन र ठूलाबडाबाट आशीर्वाद लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार