
काठमाडौं । यसवर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । कोरोनाका कारण यात्रुहरुको ओहोर दोहोर नहुने भएपछि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खोल्न नपर्ने बताएपछि सरकार पनि सहमत भएको हो।
कोरोना जोखिमका काण यो वर्ष उपत्यकाबाट बाहिरिने यात्रुको चाप न्युन रहेकाले अग्रिम बुकिङ खोल्नु पर्ने आवश्यकता नरहेको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए ।
तर, बस कम्पनीहरुले उपत्यकाबाट बाहिर जाने यात्रुलाई टिकट सकिएको भन्दै फर्काउने र बढी भाडा लिने गरेको गुनासो आइरहेको छ ।
यता विभागले भने बढी भाडा लिएमा ट्राफिक पहरीलाई खबर गर्न आग्रह गरेको छ ।
बढी भाडा लिने र यात्रुहरुलाई सास्ती भएमा सहयोगका लागि उपत्यकाका विभिन्न बसपार्क एरियामा यात्रु सहायता कक्ष स्थापना गरिको प्रवक्ता भुसालले जानकारी दिए।
उनकाअनुसार त्यस्ता यत्रु साहेता कक्ष काठामाडौंमा गोगंबु बसपार्क, पुरानो बसपार्क, काटेश्वर, गौशाला, बालाजु, कलंकी लगायतका १० स्थानमा राखिएका छन् ।












