काठमाडौंको केएमसी अस्पतालको हाम्फालेका बिरामीको मृत्यु


काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका मानसिक रोगी २६ वर्षीय रोशन खड्काले हाम्फाल्दा गम्भिर भाइते भएका थिए ।

उनको केएमसीमै उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बानेश्वरमा बस्दै आएका रोशनलाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान ९ बजेतीर आमा औषधि लिन गएका बेला उनले हाम फालेको प्रहरीको भनाई छ ।

उनले घरमै पनि आफ्नो शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गर्दा आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार