चौरसियाको हत्यामा संलग्न जोसुकै भए पनि कारबाही गर: प्रचण्ड


काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले चौरसियाको हत्यामा संलग्नको खोजी गरी कडा कारवाही गर्न सरकारसंग माग गरेका हुन् ।

कात्तिक ६ गते नेकपा विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको कात्तिक ७ गते मृत्यु भएको थियो ।

यसअघि नेकपाको पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र हत्यामा संलग्नलाई कारबाही गर्न गरिएको मागमा आफ्नो समर्थन रहेको समेत प्रचण्डले बताएका छन् । हत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् ।

जारी विज्ञप्ति पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार