आन्तरिक जहाज भाडा घट्यो, कुन ठाउँको कति ?

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसंगै आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ ।
नेपाल आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग हुने हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले आन्तरिक हवाइ भाडा घटाएको हो ।

संघले जारि गरेको बिज्ञप्ती अनुसार आइतबारबाट लागु हुनेगरि आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४४० रुपैयाँसम्म भाडा घटाएका छन् ।

जसमा सबैभन्दा बढि काठमाडौंदेखि धनगढी उडानमा भाडा घटेको छ भने सबैकम काठमाडौंदेखि सिमरासम्मको रहेको छ । काठमाडौंदेखि धनगढीसम्मको भाडामा ४ सय ४० रुपैयाँ घटेको छ ।त्यसैगरि काठमाडौंदेखि सिमरासम्मको सबैभन्दा कम ९० रुपैंया घटेको छ ।

नयां हवाई भाडा दर कति ?
संघले जनाएअनुसार आइतबारबाट लागुहुने नयाँ भाडादर:

काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ

काठमाडौं–सिमरा ३ हजार १ सय २० हुनेछ ।

त्यसैगरि, माउन्टेन फ्लाइटको नयाँ भाडदर ११ हजार ३ सय,

काठमाडौं–भरतपुर रुटमा ३ हजार ६ सय ५०,

काठमाडौं–तुम्लिङटार रुटमा ६ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, काठमाडौं- पोखरा ५ हजार ५०,

विराटनगर ७ हजार ५ सय ५०,

जनकपुर ४ हजार ३ सय,

भैरहवा ६ हजार २ सय,

नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय रुपैंया कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार