आज जम्मा ५७० जनामा कोरोना पुष्टि, ३१६८ जना डिस्चार्ज


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा दिइएको पछिल्लो २४ घण्टाको अपडेटअनुसार देशभर २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार १६८ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमित गरी नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार