डा. केशीलाई वार्डमा सारियो, माग पुरा गर्न वार्डबाटै सरकारलाई आग्रह

काठमाडाै , १२ दिने देखि अनसनरत डाक्टर गोविन्द केशीलाई आइतबार आइसियूबाट वार्डमा सारिएका छन् । चिकित्सा शिक्षा विधेयकमा सरकारले आफुसँग गरेको सहमति कार्यान्वयनको माग गर्दै डा. केशी इलाममा पुगेर अनसन बसेका थिए ।

इलाममा स्वास्थ्यमा समस्या भएपछि उनलाई केहि दिन अघि त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा राखिएका थिए । त्रिवि शिक्षण अस्पतालमा सर्वसाधारणलाई आइसियू वेडको अभाव नहोस् भनेर डा. केशीको जनरल वार्डमा सारिएका हुन् ।

के भने डा. केशीले ?

डाक्टर गोविन्द केशीले सरकारले आफुसँग गरेका सम्झौता अक्षरस पालन गर्न माग गरेका छन् । आइतबार आइसियूबाट वार्डमा सारेपछि संचारकर्मीसँग बोल्दै डा.केशीले सरकारले यसपघि आफुलाई धोका दिएकाले अब चाडै माग पुरा गर्न आग्रह गरेका छन् ।

उनले भने मसँग भएको सम्झोला अनुसार चिकित्सा शिक्षा विधेयक पारित भयो भने म सत्याग्रह तोड्न तयार छु । माग पूरा हुँदैन, भने सत्याग्रह जारी रहन्छ।

उनले थपे सरकारले आफुलाई मात्रै नभई नेपाली जनतालाई पटक पटक धोका दिएको दाबी  गरे । साथै प्रधानमन्त्रीले सम्झौता कार्यान्वयनमा बेइमानी गरेको समेत आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार