एकैदिन करिब ५ हजारको मृत्यु, ३ लाख बढि संक्रमित


काठमाडौं । भारतमा एकैदिन करिब ५ हजारको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ७७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजारभन्दा बढि नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयको अपडेटअनुसार भारतमा अहिलेसम्म कोरोनाबाट २ लाख ७० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतभर संक्रमित हुनेको संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ । अपडेटअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित कोरोना जितेर घर फर्केका छन् । भारत विश्वमा कोरोना संक्रमणको दोस्रो नम्बर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार