काठमाडौं । पछिल्ला केहि दिन यता नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५० जनामा कोरोना पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना निको हुनेको संख्या ५ हजार २२५ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ६७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ८ हजार ३०५ जनाको मृत्यु भएको छ ।