काठमाडौ । यतिबेला जता ततै चिसोको बढेको छ । चिसोमा हामीले हाम्रो स्वास्थ्यको ख्याल गरेनौं भने विभिन्न रोग लाग्न सक्छ । चिसोका कारण रुघाखोकी, दम, निमोनिया लगायतका स्वास्थ्य सम्बन्धी समस्या देखापरिरहेको छ ।
चिसोबाट बच्न न्यानो लुगा लगाउने, शारीरिक श्रम गर्ने, व्यायम गर्ने, तात्तातो खानेकुरा खाने गर्नाले स्वास्थ्यमा केही राहत पुग्छ । जाडोमा चिसोबाट बच्नका लागि हामी प्राय, हात गोडा ढाकेर राख्ने गर्दछौ । जबकी यस्ता गतिविधीले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ । हातगोडा लगगायत शरीरका प्रत्येक अंगलाई रात दिन ढाकेर राख्दा शरीरमा अत्याधिक गर्मी पैदा हुन्छ । परिणामस्वरुप, वाकवाकी लाग्ने लगायतको विभिन्न समस्या पनि हुन सक्छन् ।
धेरैले चिसोमा पानी पिउँदैनन् । यो समयमा प्यास कम लाग्ने भएकाले मानिसहरुले कम पानी पिउँछन् । जबकी शरीरमा तरलता कायम राख्न तथा शरीरलाई सक्रिय राख्नका लागि पनि पानी पिउन जरुरी छ । त्यसबाहेक, पाचन प्रक्रियाका लागि पनि पानीको सेवन जरुरी छ ।
त्यसका साथै चिसो मौसममा मानिसहरु खानेकुरा प्राय तात्तातो खाने गर्छन् । जाडोमा नियमित रुपमा तात्तातो चिया तथा कफिको सेवन गर्नाले अन्ननलीमा समस्या पैदा हुन्छ तात्तातो हलुवा, परौठा लगायतका मसलायुक्त खानेकुराको नियमित सेवनले वजन बढ्ने गर्छ । साथै, शरीरमा कोलेस्ट्रोलको मात्रा बढेर उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्या समेत निम्तिन सक्छ ।
चिसो मौसममा सुख्खा वायुका कारण धेरैलाई छाला सुख्खा हुने समस्या हुने गर्दछ । यस समस्याबाट बच्नका लागि धेरैले छालामा चिल्लो क्रिम तथा तेल लगाउने गर्दछन् । जबकी यस्ता क्रिम तथा तेलको प्रयोगले छालामा धुलोमाटो टासिनुका साथै किटाणुको संक्रमण पनि धेरै हुने गर्दछ ।
कतिपयले चिसोमा आइसक्रिम खाने गर्छन् । चिसोमा आइसक्रिमको सेवनले रुघाखोकी ठिक हुन्छ भन्ने धेरैको मान्यता छ । जबकी चिसोमा आइसक्रिम खानाले घाँटीको संक्रमण हुनसक्छ । त्यसैले चिसो मौसममा हामीले स्वाथ्यको विशेष ख्याल गर्नुपर्दछ ।