थप २३ सय बढीमा कोरोना पुष्टि, १९ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५२७ र ४ हजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना निको भएर घर फर्किएका छन् । त्यस्तै २४ घण्टामा थप १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार