थप १८ सय बढीमा कोरोना पुष्टि, २० जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २३७ जना र ३ हजार ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा ५९४ गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोना निको भएर घर फर्किएका छन् । त्यस्तै कोरोनाका कारण २० जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार