पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएपछि प्रतिनिधिसभाको बैठक आज अपरान्ह चार बजे बस्ने छ ।

यो आठौं अधिवेशनको पहिलो बैठक हो । आजको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

बैठकमा करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार