प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज पनि भेटवार्ता, को-को हुँदैछन् मन्त्री ?

गठबन्धनबाट मन्त्री बन्ने लविङमा धेरै, नेतृत्वलाई तनाव


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकमा नेताहरुले मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएपछि देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाको मन्त्रिमण्डलमा हाल कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । बाँकी मन्त्रालयमा काँग्रेस, माओवादी र जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

गठबन्धनबाट मन्त्री बन्ने लविङमा धेरै, नेतृत्वलाई तनाव

गठबन्धनको सरकार एकाले मन्त्री बनाउने कुरा त्यति सजिलो देखिएको छैन् । काँग्रेस, माओवादी र जसपामा मन्त्रीका आकाँक्षी धेरै भएकाले तिनै दलमा मन्त्री छान्न सकस भएको देखिन्छ ।

काँग्रेसमा मन्त्रीको लाइनमा डा. डिला संग्रौला, पुष्पा भुसाल, डा. नारायण खड्का, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, गगन थापा, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेही, उमाकान्त चौधरी र भीमसेनदास प्रधान देखिन्छन् ।

त्यस्तै माओवादीमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे, हरिराज अधिकारी, शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, महेश्वर गहतराज र शिवकुमार मण्डल मन्त्री हुन लविङमा छन् । जसपाबाट उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादवले मन्त्री बन्ने इच्छा देखाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार