पारसलाई फेरी हृदयघात, अवस्था गम्भिर

काठमाडाैं । पूर्वयुवराज पारस शाहलाई तेस्रो पटक हृदयघात भएको छ । ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा हृदयघात भएको हो । पूर्जा गर्दैगर्दा उनलाई अप्ठ्यारो भएपछि सोमबार अपराह्न सवा ४ बजे नर्भिक अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उनको मुटुको दुवै ब्लकेज खोलिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।  यसअघि पनि दुई पटक पारसलाई हृदयघात भएको थियो । श्रीमतीसँग छुट्टीएर बसेका उनी लामो समय पछि सार्वजनिक ठाँउमा देखा परेका हुन् । पछिल्ला केही समय यता भने परिवारसँग घुलमिल भइरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार