बाढी, पहिरो र डुबानग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बाल कृष्ण खाँणले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा तत्काल राहात, उद्धार र उपचारको कार्यमा जुट्न सुरक्षा निकायलाई निर्देश्न दिएका छन् ।

शुक्रबार मन्त्रालयमा चारै सुरक्षा निकायका प्रमुखलाई डाकेर गृहमन्त्री खाँणले यस्तो निर्देशन दिएका हुन् । देशैभर अविरल बर्षापछि आएको बाढी, पहिरो, डुबान, कटान लगायतका विपदका घटनामा प्रभावितहरुको उद्धार, राहात, उपचार लगायतको ब्यवस्थापनमा तत्काल खटिन निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ ।

‘बाढी पहिरो, डुबान, कटानले पुर्याएको क्षतिबारे जानकारी लिन विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रतिनिधिलाई मन्त्रालयमा डाकेर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापना कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएको छु’, गृहमन्त्री खाँणले भने ।

अविरल बर्षापछि देशका विभिन्न राजमार्ग, पुल भत्किएका खबरहरु आएकाले बैकल्पिक उपाय अपनाई अबरुद्ध राजमार्ग सुचारुका गराउन पनि निर्देशन दिएका छन् ।

गतरातीदेखि परेको अविरल बर्षाले देशका विभिन्न ठाउँमा राजमार्गहरु अबरुद्ध हुनका साथै, दर्जनौं गाउँ, बजारहरु डुबानमा परेका छन् । बर्षाले पुल, पुलेसा, सडकहरु भत्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार