रित्तो हात फर्कियो एमसीसी टोली, तर फातिमा भन्छिन्: एमसीसी पास हुनेमा विश्वस्त छौं

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को टोली स्वदेश फर्किएको छ । एमसीसी संसदबाट पास गराउनका लागि नेपाल आएको एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले हिजो साँझ रित्तो हात अमेरिका फर्किएको हो ।
संसदबाट एमसीसी पारित हुनेमा टोली विश्वस्त रहेको अमेरिकी दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वदेश फर्किने क्रममा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी छन् ।

‘मेरो भ्रमणको दौरानमा एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले म उत्साहित भएको छु । एमसीसीका सम्बन्धमा रहेका गलत धारणा र प्रश्नहरुलाई स्पष्ट पार्न हामी सफल भएका छौं, नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल रहँदा फातिमा नेतृत्वको टोलीले प्रधानमन्त्री, अर्थमन्त्री लगायत शिर्ष दलका नेताहरुसंग छलफल गरेको थियो । टोली नेपाल आएदेखि नै एमसीसीको विरोधमा काठमाडौं उपत्यकामा निरन्तर विरोध प्रर्दशन भइरहेका छन् ।

भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार