काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आन्दोलनको घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले विज्ञेप्ती मार्फत आन्दोलनको घोषणा गरेको हो ।
चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ । संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्तक्षरित विज्ञप्तीमा सरकारले वार्ताका माध्यामबाट समास्या समाधान तर्फ लागेन भने आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ ।
संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषण गरेको छ । डा. गोविन्द केसीको जीवन रक्षाका लागि गरिएको कार्यक्रमलाई सरकारले बेवास्ता गरिएकोमा संघले आपत्ति जनाएको छ । चिकित्सा शिक्षा विधेयकमा आफुले भनेका बुद्धा समावेश नगरको भन्दै डाक्टर केसी विगत २३ दिन देखि अनसमा बसेका छन् । यता संघले पनि उनको समर्थनमा देशभर दबावमूलक कार्यक्रम गर्दै आइरहेको छ ।
सरकार भन्छ, अनसनको औचित्य छैन् ।
सरकारले डाक्टर गोविन्द केसीको अनसनको औचित्य नरहेको बताएको छ । विहिबार राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि अब अनसनको औचित्य नरहको दाबी गरेको हाे । विधेयक पास भइसकेपछि यो विषय सकिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले डा. केसीकाे अनसन तोडाउने जिम्मा अब उनलाई बोक्नेहरुकै भएको बताइएको छ । साथै मन्त्री बास्काेटाले संसदका दुबै सदन बाट विधेयक पास भइसकेको र विधेयकमा सबै मागहरु सम्बोधन गरिएकाले अब अनसरन तोड्नुको विकल्प नरहेको बताए ।