बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५२ पुग्यो, ३३ बढी वेपत्ता

काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या देशभर ५२ पुगेको छ । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोमा ३३ भन्दा बढी वेपत्ता भएका छन् ।

अहिलेसम्म १२ जिल्लाका ५२ जनाको मृत्यु भएको  छ । वेपत्ता हुनेको संख्या धेरै भएकाले अझै मृतकको संख्या बढ्न सक्कने छ । धेरै जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको उद्दारमा खटिएकाहरुले बताएका छन् ।

गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, बझाङमा ४, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २५ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण तराईमा धानबालीमा क्षति पुगेको छ । तराईका किसानले काटेर ठिक्क पारेका लाखौको धानबालीमा बाढी पसेर क्षति पुर्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार