जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच विवाद उग्र, प्रशासनद्वारा कफ्र्यु


जनकपुर । धुनषाको जनकपुरधाम उपमहानगरमा दुई समुदायबीच विवादले उग्ररुप लिएपछि कफ्र्यु लगाइएको छ । आज दिउँसो २ बजेदेखि भोली राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए ।

जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको विवादले आज उग्ररूप लिएपछि कफ्र्यु लगाउनु परेको प्रजिअ बास्तोलाको भनाई छ।

उनकाअनुसार आज हिन्दुवादी संगठनहरुले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

झडपको क्रममा एकजना सशस्त्र प्रहरी, एकजना जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पोखरीलाई लिएर दुई समुदायबीच तनाव बढेपछि हिजो आफुले बैठक बोलाएर सहमति गरायो तर, आज एकाएक हिन्दुवादी संगठनहरुले र्‍याली निकालेर पोखरीमा जान खोजेपछि अवस्था तवानपुर्ण भएकाले कफ्र्यु लगाइएको प्रजिअ बास्तोलाको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार