अध्यक्ष महर पक्राउको बिरोध गर्दै नेविसंघद्धारा फेरि प्रदर्शन, महर रिहा हुदैं

काठमाडौं । अध्यक्ष नैनसिंह महरसहित बिधार्थी नेताहरु पक्राउको बिरोध गर्दै नेविसंघद्धारा फेरि प्रदर्शन गरिएको छ । मंगलबार दिउसो काठमाडौको मीनभवनबाट पक्राउ परेका नेविसंघ अध्यक्ष महरसहित १३ जना बिधार्थी नेताहरुलाइ रिहा गर्नुपर्ने भन्दै साँझ प्रर्दशनीमार्गमा प्रदर्शन गरिएको हो ।

शान्तीपुर्ण ढंगले आफ्ना नेता कार्यकर्ता रिहाईको माग गरिरहेका बेला नेविसंघ अध्यक्षलाई नै पक्राउ गरिएको भन्दै आक्रोशित बनेका नेविसंघका बिधार्थीहरुले महेन्द्र पुलिस क्लब अगाडी नारावाजी गरेका थिए ।

पक्राउ परेका अध्यक्ष महरसहितका बिधार्थी नेताहरुलाई केहि बेरमा रिहाईको तयारी रहेको नेविसंघ सिटिइभिटी केन्द्रिय उपाध्यक्ष मनीष ऐरले जानकारी दिए ।

कास्की पोखरामा नेविसंघ कार्यकर्तालाई प्रहरी प्रशासनले झुटा मुद्दा लगाएको भन्दै निसर्त रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका अध्यक्ष  महरसहित बिधार्थी नेताहरुलाई मंगलबार दिउँसो मीनभवनबाट पक्राउ गरेको थियो । पक्राउ परेका अध्यक्ष महरसहित अन्यलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो।

गत शनिबार नेविसंघ कार्यकर्ताहरुले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए । सरकारी गाडी जलाउनमा संलग्न रहेको भन्दै नेविसंघका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा राखेको छ । सरकारी गाडी जलाइएको घटनाको पार्टी भित्रैका केहि केन्द्रिय नेताहरुले बिरोध समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार