अन्ततः पल शाहविरुद्ध समीक्षाले दर्ता गराइन जबरजस्ती करणीको मुद्धा


काठमाडौं। कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्धा दर्ता भएको छ । शाहविरुद्ध गायिका समीक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी हुन् ।

गायिका अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दर्ता गराएको बताइएको छ ।

करिब एक महिनाअघि समीक्षाले आफुमाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी थिइन तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ आफुमाथि जबर्जस्ती करणी गरेको समिक्षाको आरोप छ । पछिल्लो समय पल र समक्षिाको सम्बन्धलाई लिएर नेपाली रंगमंच तातेको छ । उनिहरुबीचको संवादको अडियो पनि सार्वजनिक भएपछि यो बिषय थप चर्चामा आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार