अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा, अब के हुन्छ ?


तनहुँ । अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा पुगेका छन् । केहिबेरअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर शाहले आत्मसमर्पण गरेको तनहुँ प्रहरीले जनाएको छ ।

उनिमाथि लागेको बलात्कारको आरोपबारे गम्भिर रुपले अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता शाहमाथि एक गायिकाले जबरजस्ती करणी गरेको भन्दै तनुहँ प्रहरीमा यहि फागुन ११ गते उजुरी दिएकी थिइन् । उजुरी पछि प्रहरीले शाहको खोजी गरिरहेको थियो । शाहलाई लागेको आरोप यदि पुष्टि भएमा नेपालको कानुनअनुसार १० देखि १२ वर्षसम्मको जेल सजाय हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार