काठमाडौं । नेपालमा जम्मा आठ प्रतिशत पुरुषले मात्रै कण्डमको प्रयोग गर्ने गरेको तथ्य बाहिर आएको छ । यौनजन्य रोगबाट बच्न र गर्भान्तरका लागि सुरक्षित मानिएको कण्डम नेपालमा पुरुषहरुले न्यून प्रयोग गर्दै आएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको हो ।
केन्द्रको तथ्याङ्क अनुसार कण्डमको सहि र कम प्रयोग हुँदा नेपालमा अहिले ३१ हजार २० जना एचआइभी सङ्क्रमीत रहेको छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् ।
केन्द्रका अनुसार नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत मात्रै छन् ।
तर, सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर विभिन्न जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको केन्द्रका निर्देशक डा. तारानाथ पाखरेलले जानकारी दिए ।
हरेक बर्ष फेब्रुअरी १३ मा मनाइने विश्व कण्डम दिवशको पुर्बसनध्यामा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिएको हो ।
नेपालमा पनि यसबर्ष विभिन्न कार्यक्रमको आयोजना गरि कण्डम दिवश मनाउने तयारी छ ।