अमेरिकी सांसदहरुद्धारा एमसीसी पास गरेकोमा नेपालको संसदप्रति आभार ब्यक्त, सहयोगलाई निरन्तरता दिने

काठमाडौं । नपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। ‘नेपाल–अमेरिका संसदीय मैत्री समूह’ सँग आज काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहका संयोजक डा. मिनेन्द्र रिजालले उक्त अन्तरक्रियामा नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा लगायतका लागि एमसीसी अति महत्वपूर्ण स्रोत भएको र यि क्षेत्रहरुमा अमेरिकी सहयोग आगामी दिनमा पनि रहोस भन्ने धारणा आफुहरुले राखेको बताए।

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका नेता रिजालले बतए ।

दुई मुलुक बीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरु हिजो नेपाल भ्रमणमा आएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार