काठमाडाैं । चिकित्सा क्षेत्रको शिक्षा सुधार र भ्रष्टचारीलाई महाअभियोगको माग गर्दै पटक- पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले फेरि अर्को माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई राजीनामा गर्न लगाएर भ्रष्टाचारलाई प्रबद्र्धन गरेको भन्दै पाठकलाई महाभियोग लगाउन माग गरेका हुन् । घुस प्रकरणमा मुछिएका पाठकलाई महाअभियोग नलगाए आफु कुनै पनि बेला अनसन बस्ने उनले चेतावनी दिएका छन् ।
त्योसँगै डाक्टर केसीले सर्वोच्च अदालतका पूर्व प्रन्यायाधीध गोपाल पराजुली र अख्तियारका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने माग अघि सारेका छन् ।
घुस प्रकरणमा मुछिएका पाठकमाथि छानबीन गर्नुका साटो राजीनामा दिन लगाएर सरकारले उनलाई उन्मुक्ति दिएको आरोप लगाउँदै डा.केसीले देशमा भ्रष्टाचार विरुद्ध लड्ने आफ्नो पूर्वप्रतिबद्धता पुरा गरेरै छाड्ने बताएका छन्।
बुधबार प्रेस विज्ञप्ति मार्फत डाक्टर केसीले चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी दुई वर्ष अगाडि नै हामीले महाभियोग लगाउन माग गरिएका अख्तियार आयुक्त राजनारायण पाठकलाई सो समयमा कारवाही नगरिएकाले यस्तो अवस्था अएको बताए । अहिलेको सरकारका प्रधानमन्त्रीले यी सबै कुरा थाहा पाएर पनि चुपचाप लागेको दुख व्यक्त गरेका छन् ।
यसअघिको १६ औँ अनशन विशेष कारण स्थगित गरेको भन्दै अव त्यसलाई निरन्तरता दिने तयारी भइरहेको पनि जाकारी दिएका छन् । आफुले अघि सारेका माग अहिलेको सरकारले सम्बोधन गरेन भने चाडैं नै अनसन बस्ने सबैलाई जानकारी गराएका छन् ।