काठमाडौं । लेखक, कवि उपेन्द्र सुब्बाले नेपाली समाज सङ्किर्णता र साम्प्रदायिकतातर्फ अघि बढेकोप्रति दुःख ब्यक्त गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै कवि सुब्बाले नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहार घटनालाई लिएर समाजमा भइरहेका गतिविधिहरुबाट समाज निकै सङ्किर्ण र साम्प्रदायिक भइसकेको उनले बताएका हुन् ।
नायिका मिरुनामाथि भएको दुर्व्यवहारको घटनालाई लिएर उनिमाथि भइरहेका गाली, गलौचप्रति कवि सुब्बाले आपत्ति समेत जनाएका छन् ।
आफु सधैं पहिचान, उपेक्षित र उत्पीडितको पक्षमा लेख्दै आएको भएपनि समाजको विकसित चेतनाप्रति आफु निकै दुःखी भएको उनको भनाई छ ।
‘पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ।।यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भई सकेछौँ’, कवि सुब्बाले स्टाटसमा लेखेका छन् ।
उनले मिरुनालाई दुब्र्यवहार गर्ने फुर्वा लामाको ठाउँमा अन्य कुनै धर्मावम्बी भएको भए उनलाई पनि यसरी नै गाली बेइज्जती गर्नुहुन्थ्यो ? भन्दै प्रश्न गरेका छन् ।
‘होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पा भाइको ठाउँमा अरू कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ? , उनले प्रश्न गरेका छन् ।
कवि सुब्बाले आफु आदीवासी भएकोमा गर्व गर्ने समेत बताएका छन् । उनले कुरुप समाज बन्नमा आफ्नो पनि हात रहेको भन्दै नायिका मिरुनासंग माफी मागेका छन् ।
‘म त आदिवासी हुनुमा गर्व गर्थेँ। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी’, कवि सुब्बाले लेखेका छन् ।