काठमाडौं । एनसेलको मुख्यालयलाई लक्षित गरी बम विस्फोट गराउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको नख्खुमा गत शुक्रबार राती करिब आठ बजे मुख्यालयको गेटमा शक्तीशाली प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका युवा नेता सूर्य भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भइ काठमाडौंमा लुकेर बस्दै आएका भुजेललाई कलंकीबाट पक्राउ गरिएको
प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए ।
महाशाखाको टोलीले अभियुक्त भुजेललाई मंगलबार नै महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ । उनका अनुसार बम विस्फोटका बेला भुजेलले घटनास्थलमै थिए ।
घटनामा विप्लवको पार्टीको सलग्नता रहेको सरकारी दाबीसंगै उक्त पार्टीले पनि एनसेलले राज्यलाई तिर्नुपर्ने कर लामो समयदेखि नतिरेका कारण जनकारवाही गरिएको भन्दै घटनाबारे जिम्मेवारी लिएको थियो ।
घटनामा दुई दर्जन बढि ब्यक्तीहरुको संलग्नता हुन सक्ने भन्दै उनिको खोजीकार्य भइरहेको ललितपुर प्रहरीले बताएको छ ।
गत शुक्रबार भएको बम विस्फोट परी सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए। उनिहरुको उपचार भइरहेको छ ।