
काठमाडौं । पाकिस्तानले जवाफी कारवाही गर्दै भारतिय वायुसैनिकका दुई लडाकु विमानमाथी आक्रमण गर्दै जमिनमा खसाली दिएका छन । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार जमिनमा खसेका दुबै विमान जलेर नष्ट भएका छन भने त्यसमा सवार दुई जना पाइलटको पनि मृत्यु भएको छ ।
पाकिस्तानी सैनिकले एक भारतिय सैन्य लडाकु विमानका पाइलटलाई समेत हिरासतमा लिन सफल भएका छन् । बुधबार बिहान भारतिय सैन्य विमान आफ्नो भुमीमा प्रवेश गरेपछि आफुले जवाफी कारवाही गरेको पाकिस्तानी सैनिकको दावी छ ।
यस घटनाबारे भारतिय र पाकिस्तानी सैनिका छुट्टा छुटटै दावीहरु आइरहेका छन । भारतले खराब मौसमका कारण विमान दुर्घटना भएको बताइरहेको छ भने पाकिस्तानले सिमा रेखा पार गर्दै भारतिय सैन्य विमान आफ्नो भुमीमा प्रवेश गरेपछि आफुले जवाफी कारवाही गरेको दावी गरेको छ ।
यद्यपी यसको स्वतन्त्र ढंगले पुष्टी हुन भने बाँकी छ । भारतिय र पाकिस्तानी संचारमाध्यमहरुमा पनि यस घटनालाई लिएर फरक फरक तथ्यहरु बाहिर आइरहेका छन । एउटाले विमान आक्रमण र अर्कोले विमान दुर्घटना भएको दावी गरिरहेका छन ।
भारतिय वायुसेनाको विमानले पाकिस्तानी भुमिमा गएर बम खसालेको भोली पल्टै जवाफी कारवाही गरेको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ़ ग़फ़ूरले दुइटरमा लेख्दै भनेका छन, “पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा आएका दुई भारतीय लड़ाकू विमानलाई आक्रमणगरी जमिनमा खसालेका छन । एक पाइलटलाई नियन्त्रमा लिइएको छ ।”
भारतिय सैन्य विमानहरु पाकिस्तानी भुमी छिर्दै मंगलबार अन्धाधुन्द बमहरु खसालेको थियो । यस घटना लगत्तै पाकिस्तानी सेनाले भारतलाई तत्तकालै सरप्राईज दिने बताएको थियो । पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले घटना लगत्तै संचारमाध्यमहरुमा भारतलाई जवाफी कारवाही दिइने बताएको २४ घण्टा भित्रै यस्तो कारवाही गरिएको पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन ।
तर, भारतिय सेनाले भने आफुनो सेनाको विमान खराब मौसमका कारण दुर्घटना भएको तर, आफुहरुले पाकिस्तानको एफ१६ विमान जमिनमा खसालिदिएको बताइरहेको छ ।













