पोखरा । शुक्रबार टुँडिखेलमा आँशुले भिजेका हजारौं आँखाहरु ओभानो नहुँदै मन्त्री रविन्द्र अधिकारीको अन्तिम दाह संस्कार कास्की पोखरामा गरियो ।
जिल्लावासीका अति नै पृय र विस्वाशीला नेता रविन्द्रको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा भएको निधनले पुरै जिल्लानै स्तव्ध थियो ।
एउटा चम्किलो दियो झै बलिरहेका रविन्द्र यति चाँडै झ्याप्प निभाउँछन भनेर कहाँ सोचेंका थिए र कास्कीवासीले । झन परिवारले कल्पना नै नगरेको कुरा हुन पुग्यो ।
कल्पना नै नगरिएको कुरा सपनामा प्राय देखिन्छ र भोगिन्छ पनि । त्यहि सपना झै पक्कै लागिरहेको थियो होला रविन्द्रकी जिवन संगिनी बिद्यालाई आफ्नै मुटुमाथि आगो सल्काउँदा ।
शुक्रबार काठमाडौंको टुँडिखेलमा सबैसंग विदा भएर गएका रविन्द्र अपराह्नन् जिल्लावासीसंग पनि सदाका लागि विदा भएर गए ।
टुँडिखेलमा राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली दिएर कास्की लगिएको मन्त्री रविन्द्रको पार्थिव शरिरमा जिवन संगिनी बिद्या र दुई छोराहरु विराज र स्वराजले दागवत्ति दिएसंगै उनि संसारबाट सदाका लागि बिदा भएर गए ।
कास्कीको पोखरास्थित रामघाटमा उनको राजकिय सम्मानका साथ हजारौं कास्कीवासीको उपस्थितीमा अन्तिम दाह संस्कार गरिएको हो ।
मन्त्रीको पार्थिव शरिरलाई पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा गरेसंगै रामघाटसम्म शवयात्रा गरियो । शवयात्रा पोखरा बजार हुँदै नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्तिम दाह संस्कार गरियो ।