काठमाडाैं । लोकपृय नेता भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेता अधिकारीलाई पशुपति आर्यघाटमा उनका तीन छोरीले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।
नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता अधिकारीको ८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारीले वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।