पूर्वमन्त्री विरोध खतिवडामाथि चुनावी कार्यक्रममा जाँदा कुटपिट, एक जना पक्राउ


हेटौंडा । पूर्वमन्त्री विरोध खतिवडामाथि चुनावी कार्यक्रममा कुटपिट भएको छ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खतिवडामाथि आज दिउँसो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा आयोजित चुनावी सभामा जाने क्रममा कुटपिट भएको हो ।

एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खड्काले मादक पदार्थ सेवन गरेको र खतिवडासंग पुरानो रिसइबी समेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार